रामेछाप । जेठ १६ गते,
रामेछाप जिल्लालाई आगामी आर्थिक वर्ष २०७७÷०७८ का लागि संघिय सरकारले २ अर्ब ९९ करोड ५२ लाख बजेट विनियोजन गरेको छ । सरकारको आगामी आर्थिक वर्षको बजेट अनुसार मन्थली नगरपालिकाका लागि सबै भन्दा बढी ५७ करोड,५९ लाख बजेट जिनियोजन भएको छ । त्यसैगरी रामेछाप नगरपालिकाको लागि ४१ करोड ३ लाख, उमाकुण्ड गाउँपालिकाको लागि ३१ करोड ६८ लाख,खाँडादेवी गाउँपालिकाको लागि ४० करोड १९ लाख , गोकुलगंगा गाउँपालिकाको लागि ३३ करोड २४ लाख, दोरम्बा गाउँपालिकाको लागि ३४ करोड १५ लाख,लिखुतामाकोशी गाउँपालिकाको लागि ३२ करोड १९ लाख र सुनापति गाउँपालिकाको लागि २९ करोड ५५ लाख बजेट विनियोजन भएको छ
रामेछाप जिल्लालाई २ अर्ब ९९ करोड ५२ लाख बजेट
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६ २०७७
- तामाकोशी