रामेछाप । जेठ १६ गते,
रामेछापमा क्वारेन्टिमा बस्नेको संख्या दैनिक रुपमा वृद्धि हुँदै गएको छ । जिल्लाको विभिन्न पालिकाहरुमा भारत लगाएतका विभिन्न ठाउँबाट मानिसहरु आउनेक्रम बढेसंगै क्वारेन्टिनमा बस्नेको संख्या पनि बढ्दै गएको हो । शुक्रबारसम्म जिल्लाको विभिन्न पालिकाहरुमा क्क्वारेन्टिनमा बस्नेको संख्या १ सय ६६ पुगेको छ । अहिले उमाकुण्ड गाउँपाकिलामा ८ , मन्थली नगरपालिकामा ४६ , रामेछाप नगरपालिकामा १७ , गोकुलगंगा गाउँपालिकामा २४, खाँडादेवी गाउँपालिकामा २० , सुनापति गाउँपालिकामा ५ , दोरम्बा गाउँपालिकामा १६ र लिखुतामाकोशी गाउँपालिकामा ३० जना गरी १ सय ६६ जनालाई क्वारेन्टिनमा राखिएको स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले बताए । कर्णका अनुसार जिल्लाभर १ सय ९ जना सामुदायिक क्वारेन्टिन र ५७ जना होम क्वारेन्टिनमा बसेका छन् । कोरोना संक्रमणको सम्भावित जोखिमतालाई मध्येनजर गरी जिल्लामा ७१ शैयाको आइसोलेशन कक्ष र ३ सय ३१ शैयाको क्वारेन्टिन कक्ष स्थापना गरिएको छ ।
रामेछापमा क्वारेन्टिनमा बस्नेको संख्या १ सय ६६ पुग्यो
- प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६ २०७७
- तामाकोशी