गणतन्त्र दिवसमा रामेछापमा तीन जनाको कैद सजाय मिनाहा

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ १६ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १६ गते,
जिल्ला कारागार रामेछापमा विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका तीनजनाको कैद सजाय मिनाहा भएको छ । १३ औँ गणतन्त्र दिवसका अवसरमा भुक्तान गर्न बाकि कैद सजाय सरकारले मिनाहा गरिदिएपछि उनीहरु बिहिबार घर फकिएका छन् । जिल्ला कारागारका कार्यालय प्रमुख मात्रिका प्रसाद दाहालले सवारी ज्या*न मुद्दामा कैद सजाय भोगिरहेका दुई जना र आगलागी मुद्दामा कैद सजाय भोगीरहेका एक जनाको कैद सजया मिनाहा भएको जानकारी दिए । कार्यालय प्रमुख दाहालका अनुसार सवारी ज्या*न मुद्दामा कैद भुक्तान गरिरहेका गुल्मी तुराङका प्रेम बहादुर राणा, रामेछाप खाँडादेवी गाउँपालिकाका गणेशराज थोक्कर र आगलागी मुद्दामा कैद भुक्तान गरिरहेका रुपन्देही देवदहका रुद्र बोहोराको कैद सजाय मिनाहा भएको हो ।