प्रदेश र स्थानीय तहलाई १ खर्ब ४५ अर्ब २२ करोड अनुदान

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १५ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ १५ गते,
सरकारले आर्थिक वर्ष २०७७ र ०७८ का लागि प्रदेश र स्थानीय सरकारलाई संघीय सरकारबाट १ खर्ब ४५ अर्ब २२ करोड रुपैयाँ वित्तीय समानीकरण अनुदान दिने घोषणा गरेको छ । यस अनुसार प्रदेशले ५५ अर्ब १९ करोड र स्थानीय तहले ९० अर्ब ५ करोड वित्तीय समानीकरण अनुदान प्राप्त हुने छ । यो रकम तल्लो सरकारले आफ्नो बजेटमा समावेश गरी जुनसुकै कार्यक्रममा खर्च गर्न सक्छन् । सशर्त अनुदान तर्फ भने प्रदेशले ३६ खर्ब ३५ अर्ब र स्थानीय तहले १ खर्ब ६१ अर्ब ८ करोड पाउँने छन् ।