काठमाडौं । जेठ १५ गते ,
सरकारले कोरोना भाइरस रोकथाम तथा उपचारका लागि ६ अर्ब बजेट बिनियोजन गरेको छ । आर्थिक वर्ष २०७७ र ०७८ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना संक्रमण रोकथाममा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई प्रोत्साहन भत्ताको समेत व्यवस्था गरिएको बताए । त्यस्तै आगामी वर्षभित्र उपत्यकामा ३ शय शैयाको संक्रामक रोग अस्पताल निर्माण गरीने छ । सातै प्रदेशको राजधानीमा ५० बेडको सरुवा रोग अस्पताल संचालनमा ल्याइने छ ।
कोरोना रोकथाम तथा उपचारका लागि ६ अर्ब बजेट,स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता
- प्रकाशित मिति: बिहिबार, जेष्ठ १५ २०७७
- तामाकोशी