सरकारले आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्दैै

  • प्रकाशित मिति: बिहिबार, जेष्ठ १५ २०७७
  • तामाकोशी

काठमाडौं । जेठ १५ गते,
सरकारले आगामी आर्थिक वर्ष २०७७र ०७८ को वार्षिक बजेट विहिबार प्रस्तुत गर्दै छ । अर्थमन्त्री डा. युवराज खतिवडाले अपरान्ह् ४ बजे बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा राजश्व र व्ययको अनुमान पेश गर्नेछन् । नेपालको संविधान बमोजिम हरेक जेठ १५ गते सरकारले संसदमा वार्षिक बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । सभामुख अग्निप्रसाद सापकोटाले बैठकका लागि दिउँसो ३ बजेर ४५ मिनेट अगावै उपस्थित भइसक्न सबै सदस्यहरुलाई आग्रह गरेका छन् । सरकारले आगामी वर्षको बजेटमा कोरोना रोग रोकथाम तथा नियन्त्रण सहित कृषि , रोजगारी , उर्जा तथा सिँचाइलाई विशेष प्राथमिकतामा राखेको जनाइएको छ । कोरोना महामारी र यसले निम्ताएको संकटलाई सम्बोधन गर्नेगरी सरकारले बजेट ल्याउन लागेको हो । चालु आर्थिक वर्षमा १५ खर्ब रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको थियो ।