रामेछाप । जेठ १४ गते,
रामेछापमा दुई जनाको पासलाई किर्ते गरी १२ जना यात्रु लिएर आएको माइक्रो बसलाई प्रहरीले नियन्त्रणमा लिएको छ । लकडाउनको कडाई गर्न सरकारले गृहमन्त्रालयको स्वीकृत कोर्ड लिएर मात्र जिल्ला प्रशासन कार्यालयबाट अत्यावश्यक सवारी साधनको लागि मात्र सवारी पास दिने गरेको छ । यस्तो अवस्थामा पनि किर्ते पास बनाएर यात्रु लिएर रामेछाप प्रवेश गर्न खोज्ने माइक्रोबसलाई मंगलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । काठमाडौका सहायक प्रमुख जिल्ला अधिकार तुलसीराम पौडेलले हस्ताक्षर गरेको सवारी पासमा दुई जनाको मात्र भनेर उल्लेख गरिएको भएपनि अंकमा २ को अगाडि १ थपि १२ बनाई रामेछाप आउँदै गरेको माइक्रोलाई सेलेघाटबाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए । बा १ ज ६१७१ नम्बरको माइक्रो चालक राजन खत्रीले २ को अगाडि १ थपि १२ जना बनाइको भएपनि अक्षरमा भने दुईजनानै उल्लेख भएको पाइएपछि निजलाई पक्राउ गरी आवश्यक अनुसन्धान भैरहेको प्रहरी नायव उपरिक्षक पाठकको भनाई छ । उक्त माइक्रो १२ जना यात्रु राखेर रामेछापको लिखुतामाकोशी गाउँपालिका आएको थियो । अहिले माइक्रोमा आएका सबैजना यात्रुहरुलाई लिखुतामाकोशी गाउँपालिकामा क्वारेन्टिनमा राखिएको छ ।
दुई जनाको पासलाई किर्ते गरी १२ जना यात्रु लिएर रामेछाप आएको माइक्रो प्रहरी नियन्त्रणमा
- प्रकाशित मिति: बुधबार, जेष्ठ १४ २०७७
- तामाकोशी