रामेछापमा थप एक जनाको आरडिटी पोजेटिभ , आरडिटी पोजेटिभको संख्या ७ पुग्यो

  • प्रकाशित मिति: मंगलबार, जेष्ठ १३ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १३ गते,
रामेछापमा थप एक जनाको आरडिटी पोजेटिभ आएको छ । मंगलबार जिल्लाको गोकुलगंगा गाउँपालिकामा एकजनाको आरडिटी रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय रामेछापले जनाएको छ । यो संगै जिल्लामा आरडिटी रिपोर्ट पोजेटिभ आउनेको संख्या ७ पुगेको छ । गत शुक्रबार मन्थली नगरपालिकामा चार जना , सुनापति गाउँपालिकामा एक जना र शनिबार मन्थली नगरपालिकामा एक जनाको आरडिटी पोजेटिभ आएको थियो । आरडिटी पोजेटिभ आएका ५ जनाको शुक्रबार र एक जनाको शनिबार पिसिआर विधिबाट कोरोणा परीक्षण गर्न स्वाब संकलन गरी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु पठाइएको छ । त्यसको रिपोर्ट भने अझै आएको छैन । स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कुमार कर्णले स्वाब पठाइएको अस्पतालमा परीक्षण गर्नेहरुको चाप बढि भएको जानकारी आएकाले रिपोर्ट आउने समय बारे अहिले भन्न नसकिने बताए ।