प्रशासनलाई नटेर्ने लक्ष्मी आयल स्टोर्स फेरी सिल

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १२ २०७७
  • तामाकोशी

रामेछाप । जेठ १२ गते,
मिसावटयुक्त पेट्रोल विक्रि गरेको भन्ने ब्यापक गुनासाको आधारमा चार दिन अघि प्रशासनले सिल गरेको मन्थलीको लक्ष्मी आयल स्टोर्समा पुन सिल गरिएको छ । पम्प संचालकले बजार अनुगमन समितिलाई पनि झुक्याउने र ढाँटेको भन्ने प्रमाणका आधारमा प्रसासनले आयल निगमको प्रतिनिधि समेत राखेर आईतबार फेरी सिल गरी पम्प माथी थप अनुसन्धान सुरु गरेको बताइएको छ । आयल निगम काठमाडौका वितरण विभागका प्रबन्धक विदुर कोईरालाको नेतृत्वमा खटिएको टोलीले अघिल्लो सिललाई पुन तोडेर टयाँकि भित्रको ईन्धन र नोजल स्ट्याण्ट समेतको निरिक्षण गरेको थियो । करिब ३ घंण्टा लगाएर गरेको अनुसन्धानमा पम्प संचालकले आन्तरिक हिसाब किताव पारदर्शि ढंगले नराखेको निगमका प्रतिनिधिले सोधेको धेरै प्रश्नहरुको चित्तबुझ्दो जबाफ दिन नसेकेको र अन्य संकास्पद ब्यवहारका आधारमा पुन पम्पलाई सिल गरेको टोलिका संयोजक प्रशासकिय अधिकृत भाष्कर दाहाले जानकारी दिए ।
गत विहिबार साँझ प्रशासकिय अधिकृत भाष्कर दाहालको नेतृत्वमा अनुगमनका लागि खटिएको जिल्ला अनुगमन टोलीले पम्पमा गडबडि भएको आँशका गरी मिसावट भेटिएको पेट्रोलको नमुना लिएर उक्त स्टोर्सलाई सिल गरेको थियो । त्यहि राति रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका पम्पका संचालनक केशव प्रसाद घिमिरेले प्रशासनको सिलको कुनै मतलबनै नराखी राति १२ हजार लिटर डिजेल पम्पमा खन्याएका थिए । त्यसपछि बजारमा रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष घिमिरेले संचालन गरेको पम्पको कमाउँ धन्दा र अन्य काला कर्तुतहरु एका एक चर्चामा आइरहेका छन् । उक्त आयल स्टोर्सले मिसाबट युक्त पेटोल विक्रि गरिरहेको र काउण्टर संचालकको ब्यवहार पनि पारदर्शि नहुने गरि काम हुने गरेको लगायतका सूचनाका आधारमा उक्त पेटोलपम्पमा सिल गरिएको जानकारी प्रशासनले गराएको थियो । यस अघिका दिनमा पनि बेला बेलामा ग्राहकहरुबाट विभिन्न गुनासा आउने गरेको उक्त पेटोलपम्पले केहि दिन अघि देखी मिसावटयुक्त पेटोल विक्रि गर्दे आएको र उक्त पेटोलले मोटर साईकलनै नचल्ने भएपछि उपभोक्ताहरुले धमाधमा आफुले लगेको पेटोल ल्याएर पम्पमा जिम्मा लगाई रहेका छन् । उक्त पम्पले जहाजहरुका लागि मात्र प्रयोगमा ल्याईने हबाई इन्धन मन्थली एरपोर्टमा रहेको आएल निगमको डिपोका कर्मचारीहरुकोे मिलेमतोमा उच्च मुल्यमा विक्रिका लागि न्युन मुल्यमा ल्याएर मिसावट गर्नै गरेकोले पनि पम्प सिल हुने अवस्थामा पुगेको स्थानियहरुले दावि गरेका छन् ।
अनुगमनका क्रममा काउण्टर संचालक गोमा कार्किले भने मिसावटमा आफुहरुको कुनै पनि दोष नरहेको जानकारी गराएकि थिईन् । उनले मिसावट देखिएको सत्य हो तर के गरि मिसावट भयो भन्ने कुरा आफुलाई कुनै जानकारी छैन् । जसका कारण आफुहरुले ठुलो मात्राम विक्रि गरेको ईन्धन समेत फीर्ता झिकाई सकेको उनको भनाई रहेको छ । पुन सिल गरिएको पम्प संचालनको लागि भने समय लाग्ने देखिएको छ । आयल निगमका टोली नेता विदुर कोइरालाले नमुनाको लागि लिएको ईन्धन परिक्षण नाप तौल तथा गुणस्तर विभाग बाट मात्र हुने जानकारी दिए । उनका अनुसार विल भर्पाई तथा हिसाव किताबको बारेमा टुंगोमा पुगेपछि मात्र उक्त पम्पको भविष्यको बारेमा बोल्न सकिने पनि बताए ।