तामाकोशी नदीमा दुई युवा बेपत्ता

  • प्रकाशित मिति: सोमबार, जेष्ठ १२ २०७७
  • तामाकोशी

दोलखा । जेठ १२ गते,
दोलखा जिल्लामा तामाकोशी नदीमा दुई जना युवा बेपत्ता भएका छन् । माछा मार्न र पौडी खेल्न गएका दुई युवालाई नदीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । जिल्लाको मेलुङ गाउँपालिका वडा नं १ पवटीका ३६ वर्षीय दीपक भुजेललाई आइतबार चैतेघाट स्थित तामाकोशीमा माछा मार्ने क्रममा र कालिञ्चोक गाउँपालिका ७ ठूलाखेतका १९ वर्षीय नवराज पौडेललाई पौडी खेल्ने क्रममा तामाकोशीले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी निरीक्षक रेशम बोहोराले जानकारी दिए । बेपत्ता भएका दुवै युवाको स्थानीय तथा प्रहरीको सक्रियतामा खेजी भैरहेको प्रहरीले जनाएको छ ।