पाँच जना भन्दा बढि जम्मा हुन रोक लगाइएको मन्थलीमा मानिसको भिड,सरोकारवाला मौन

  • प्रकाशित मिति: आइतबार, जेष्ठ ४ २०७७
  • तामाकोशी

रामेछाप । जेठ ४ गते,
छिमेकी जिल्लाहरुमा कोरोना भाइरस संक्रमित भेटिरहेको अवस्थामा रामेछापमा भने कोरोना भाइरसबाट बच्ने सामान्य सतर्कताको समेतको व्यवास्था गरिएको छ । छिमेकी जिल्लाहरु काभ्रे , सिन्धुपाल्चोक उदयपुर लगाएतमा दिनदिनै संक्रमित भेटिरहेको अवस्थामा रामेछाप जिल्लाको बजार क्षेत्रहरुमा भने अत्याधिक मानिसहरुको भिड बढ्न थालेको छ । स्थानीय प्रशासनले अत्यावसकिय सामाग्री पाइने खाद्यान्न , तरकारी , फलफूल , निर्माण सामाग्री पाइने हार्डवयर पसलहरु विहान ६ बजेदेखी १० बजेसम्म खोल्न दिएसंगै बजारमा किनमेल गर्ने र हावा खाने घुम्ने मानिसहरुको भिड अत्याधिक मात्रामा बढेको हो । संघिय सरकारले सामाजिक तथा भौतिक दुरी पुर्णरुपमा कायम गरी अत्यावशकिय सामाग्री पाइन पसलहरु खुल्न दिएपनि रामेछापको स्थानीय प्रशासन लगाएत सरोकारवाला निकाय दिनदिनै बढ्दै गएको भिडका बारेमा बेखबर बनिरहेका छन् । अहिले बजारमा बढ्दै गएको भिडभाडको फोटो खिचेर सर्बसाधारणहरुले सामाजिक संजाल फेसबुकमा राखेर सरोकारवा खै , स्थानीय प्रशासन किन बेखर भनेर पोष्ट गरिरहेका छन्। त्यतिमात्रै हैन सर्बसाधारणले बजारमा बढेको भिडभाडको फोटो राखेर भर्खर सिन्धुपाल्चोक र काभ्रेमा कोरोना आयो ,रामेछापमा दोलखाको बाटो भएर आउने हो त्यसैले यस्तो भएको भनेर समेत लेखेका छन् । पछिल्लो समय थप भएको लकडाउन अन्य जिल्लामा थप कडाई भएको समाचारहरु आउने गरेका छन् । तर रामेछापमा भने सवारी साधन आवागमनमा केहि कडाई गरिए पनि सबैभन्दा खतरा हुनसक्ने भिडभाड जन्य कामा कुनै दुरी कायम र रोकावट छैन । स्थानीय प्रशासने ५ जना भन्दा बढि मानिस जम्मा हुन नपाउने भनेर सूचना प्रकाशन तथा प्रसारण गरेको छ तर कार्यान्वयन नहँुदा मन्थली बजारमा बिहान खुलेका पसलहरुमा ३० जनाभन्दा बढि एकैठाउँमा हुन्छन् । यसमा प्रशासन बेखबर बनेको छ । यतिमात्रै हैन बिहान १० बजेदेखी १ बजेसम्म खुल्ने बैंकहरुमा पनि यस्तै भिडभाड हुन्छ । त्यहा सामाजिक तथा भौतिक दुरी लगाएत कोरोना संक्रमणबाट बच्ने सामान्य सतर्कता समेत अपनाइएको छैन ।