लिखु हाइड्रोको तेल ट्याङकर रामेछाप नागदहमा दुर्घ’टना

  • प्रकाशित मिति: शुक्रबार, जेष्ठ २ २०७७
  • तामाकोशी

रामेछाप, जेष्ठ २ गते ।
रामेछाप लिखुतामाकोसी गाउँपालिका वडा नम्बर ५ नागदहमा लिखु चार हाइड्रोपावरको तेल ट्याङकर दुर्घ’टना भएको छ । ना २ ख ५१०३ नम्बरको तेल ट्याङकर गएराति १० बजे दुर्घ’टना भएको इलाका प्रहरी कार्यालयका प्रहरी हवल्दार सन्तोश नेपालीले दुर्घटना स्थलबाट जानकारी दिनुभयो ।
उहाँका अनुसार चालक र सहचालक दुबै जना सकुशल रहेका छन भने तेल लोड ट्याङकर भएकाले दुर्घ’टना स्थलमा जोखिम बढेको बताउनु भयो । चालकको लापरबाहिका कारण दुर्घ’टना भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ । सडकबाट मात्र पाँच मिटर तल बारीमा ट्याङकर पल्टिएको छ भने चालकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालिएको छ ।