रामेछाप । जेठ १ गते,
रामेछाप जिल्लाको मन्थली स्थित तामाकोशी नदीमा डुबेर एक १२ बर्षिया बालिका बेपत्ता भएकी छिन् । मन्थली नगरपालिका वडा नं २ को करमबोट स्थित झोलुङगे पुल भन्दा माथि जखनीटार मुनीबाट पौडी खेल्नेक्रममा ओखलढुंगा घर भएकी अन्दाजी १२ बर्षकी रोशीका तामाङलाई विहिबार दिउँसो नदिले बगाएर बेपत्ता बनाएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता टेकेन्द्र शर्मा पौडेलले जानकारी दिए । उनका अनुसार बेपत्ता बालिको जिल्ला र नाम खुले पनि गाउँपालिका र वडा खुल्न बाकि छ । अहिले नेपाल प्रहरी ,सशस्त्र प्रहरी र स्थानीयहरुको सक्रियतामा बालिकाको खोजिकार्य भैरहेको छ ।
तामाकोशी नदीमा डुबेर १२ बर्षिया बालिका बेपत्ता
- प्रकाशित मिति: बिहिबार, जेष्ठ १ २०७७
- तामाकोशी