रामेछापमा मानव अधिकार अवस्था अनुगमन समिति गठन

  • प्रकाशित मिति: सोमबार, बैशाख १५ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख १५ गते,
विश्वमा माहामारीका रुपमा पैmलिरहेको कोरोना भाइरस (कोभिड –१९) बाट उत्पन्न बर्तमान परिस्थितिमा मानवअधिकारको अवस्था अनुगमन गर्न रामेछाप जिल्लामा पनि मानव अधिकार अबस्था अनुगमन समिति गठन भएको छ । राष्ट्रिय मावन अधिकार अयोग को ७७ वटै जिल्लामा यस प्रकारको समिति गठन गर्ने अभियान अन्तर्गत नेपाल पत्रकार महासंघ, गैर सरकारी संस्था महासंघ जिल्ला बार इकाई र २ जना अधिकारकर्मी सहितको समिति गठन गरिएको हो । पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको संयोजकत्वमा गठन भएको उक्त समितिका सदस्यहरु क्रमशः भुवनकुमार श्रेष्ठ, यादव दाहाल, पाण्डव प्रसाद प्रसाई र नवराज पथिक रहेका छन् ।
उक्त संस्थाहरुबिच यस अघिननै बसेको बैठकले ३ सदस्यीय समिति गठन गरेपनि सोमबार समितिका संयोजक रमेश ढुंगेलको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय मानव अधिकार आयोग कोभिड–१९ को सन्दर्भमा मानव अधिकार अबस्था अनुगमन नेटवर्कको कार्यबिधि अनुसार समितिलाई पुर्णता दिई ५ सदस्यीय समिति बनाएको हो । समितिले जिल्लामा कोभिड–१९ को संक्रमणबाट बच्ने उपायबारे जनचेतनाको अवस्था, हरेक प्रकारका बिरामीहरुको स्वास्थ्य अधिकार, खाद्य सम्बन्धी अधिकार आवास सम्बन्धी अधिकार, राहत बितरणको सामाजिक सुरक्षा अपांङ्गता भएका ब्यक्ति ज्येष्ठ नागरिकहरु, हिरासत कारागार तथा न्याय प्रशासन सम्बन्धी आप्रवासी कामदार , शरणार्थी र बिदेशी नागरिक, मानव अधिकार रक्षक र पत्रकारहरु , क्वारेन्टाइन, आइसोलेशन, र सुरक्षा सामाग्री,प्रयोगशाला परिक्षणको लगाएको बर्तमान अबस्थाका बरेमा कार्ययोजना बनाई जिल्लास्तरमा अनुगमन गर्ने समितिका संयोजक रमेश ढुंगेलले जानकारी दिए ।