तामाकोशी नदीमा डुबेर एक युवकको ज्यान गयो

  • प्रकाशित मिति: शनिबार, बैशाख १३ २०७७
  • तामाकोशी

रामेछाप । वैशाख १३ गते,
रामेछापमा तामाकोशी नदीमा डुबेर एक युवकको ज्यान गएको छ । शनिबार सदरमुकाम मन्थली स्थित तामाकोशी नदिनमा पौडी खेल्ने क्रममा डुवेर मन्थली नगरपालिका वडा नम्बर २ टेकानपुर घर भएका १८ बर्षिय सुमन रम्तेलको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जानकारी दिए । उनका अनुसार युवकको मन्थली प्रथामिक स्वास्थ्य केन्द्रमा उपचारका क्रममा ज्यान गएको हो । मध्यान्न १२ बजे मन्थली एयरपोर्ट नजिकै पौडी खेल्ने क्रममा बेपत्ता भएका युवालाई नेपाल प्रहरी, शसस्त्र पहरी, नेपाली सेना, स्थानीयहरुको सक्रियतामा खोजी गरी फेला परेका थिए।