रामेछाप । वैशाख १० गते,
रामेछापको सदरमुकाम मन्थलीमा संचालित नवजागरण वचत तथा ऋण सहकारी संस्था लिमिटेडले विश्वमा माहामारीका रुपमा फैलिरहेको नोवेल कोरोना भाइरस कोभिड १९ को असरलाई मध्यनजर गरी आफ्ना सदस्यहरुलाई राहात स्वरुप ब्याजमा छुटको व्यवस्था गरेको छ । कोरोनाबाट बच्न सरकारले जारी गरेको बन्दाबन्दीका कारण संस्थाका ऋणी सदस्यहरुलाई किस्ता तथा ब्याज तिर्न परेको कठिनाइलाई मध्यनजर गरी नियमित रुपमा किस्ता तथा ब्याज बुझाइरहेका शेयर सदस्यहरुलाई तीन महिनाको ब्याजमा २० प्रतिशत छुट दिने व्यवस्था गरिएको सहकारीका व्यवस्थापक रमेश कुमार उदाशले जानकारी दिए । उनका अनुसार चैत महिनाको १ गतेदेखी जेठ मसान्तसम्म सहकारीका ऋणी सदस्यहरुले यो सुविधा पाउँनेन् । अगाडीको किस्ता नियमित नबुझाउने ऋणी सदस्यहरुले पनि आफ्नो बाकि किस्ता बुझाई २०७६ चैत महिनाबाट नियमित किस्ता तथा ब्याज बुझाएमा यो सुविधा पाउँने व्यवस्थापक उदाशको भनाई छ । नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले लकडाउनको समयमा प्रत्येक दिन बिहान १०:३० बजेदेखी दिउँसो १२:३० सम्म कार्यालय खुल्ने पनि जनाएको छ ।
