रामेछाप । वैशाख ५ गते,
कोराना भाइरस नियन्त्रणको लागि लकडाउन बढाउँदै जाँदा रामेछापमा खाद्यान्हको अभाव हुने संकेत देखिएको छ । जिल्लाका बजार केन्द्रका खाद्यान्ह पसलहरुमा खाद्यान्ह रित्तिदै गएका छन् । बजार केन्द्रहरुमा खाद्यान्ह भंडारणको अवस्था कस्तो छ भनि जिल्ला बजार अनुगमन समितिले तथ्याङ्क संकलनको काम सुरु गरेको छ । सोही क्रममा शुक्रबार जिल्लाको पुराना सदरमुकाम रामेछाप बजारमारमा गरिएको अनुगमनको क्रममा खाद्यान्ह भंडारण अत्यन्त न्युन रहेको पाइएको घरेलु तथा सानाउद्योग विकास अधिकृत मेघप्रसाद गौतमले बताए ।
धेरै उपभोक्ताहरुले बन्दको कारण उपभोेग्य सामान नपाइने भन्दै आवश्यक भन्दा बढी सामान जोहो गरेकाले पनि बजारमा खाद्य सामग्री कम भएको हो । अहिले जिल्ला सदरमुकाम मन्थलीमा नै खाद्यान्ह सामाग्रि ढुवानी गर्ने साधनहरु कम चलेका छन् । अझ ग्रामिण बजार र गाउँमा जाने ढुवानी साधनको संख्या अति न्युन छ । त्यसैले पनि उपभोग्य सााग्रिको कमि देखिएको छ । रामेछाप जिल्ला खाद्य सुरक्षाको हिसावले निक्कै जोखिमपूर्ण मानिन्छ । आप्mनो उत्पादनले तीन महिना खान पुग्ने मानिसहरुको संख्या पनि जिल्लामा निक्कै कम छ । जिल्ला बाहिरबाट आयात गरेको खाद्यान्ह उपभोग गर्नुपर्ने जिल्लाबासीलाई लामो बन्दले प्रभाव पारेको छ ।
