प्रहरी,एम्बुलेन्स चालक र पत्रकारलाई पीपीइ सेट

  • प्रकाशित मिति: शुक्रबार, चैत्र २१ २०७६
  • तामाकोशी

रामेछाप । चैत २१ गते,
नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदल रामेछापले नेपाल प्रहरी , एम्बुलेन्स चालक र पत्रकारलाई पीपीई सेट वितरण गरेको छ । तरुणदलले शुक्रबार जिल्ला प्रहरीलाई १२ सेट, जिल्लाका ५ जना एम्बुलेन्स चालक र ३ जना पत्रकारहरुलाई एक एक सेट पीपीई(पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट) वितरण गरेको हो । एम्बुलेन्स चालक र प्रहरी कोरोना रोकथाम तथा विरामीको उद्धारका लागि खटिनुपर्ने र पत्रकारहरु पनि कोरोना सम्बन्धी समाचार संकलन गर्न जोखिमता मोलेर हिडुनुपर्ने भएकाले उनीहरुको आवश्यक सतर्कता र सुरक्षाका लागि पीपीई उपलब्ध गराएको नेपाल दरुणदल रामेछापका अध्यक्ष काजीबहादुर खड्काले बताए । तरुणदलले उपलब्ध गराएको पीपीई सेट मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेत र नेपाल तरुणदल रामेछापका अध्यक्ष खड्काले हस्तान्तरण गरेका थिए ।