मन्थली नगरपालिकाको कोरोना सतर्कता : स्वास्थ्य , फोहोर व्यवस्थापन र दमकल बाहेकका सेवा वन्द

  • प्रकाशित मिति: आइतबार, चैत्र ९ २०७६
  • तामाकोशी

रामेछाप । चैत ९ गते,
रामेछापको मन्थली नगरपालिकाले कोरोना भाइरस रोकथाम तथा संक्रमण सतर्कताका लागि स्वास्थ्य शाखासंग सम्बन्धीत सेवा , फोहोर मैला व्यवस्थापन र दमकल बाहेकका सवै सेवा वन्द गरेको छ  । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपक काईरालाले आइतबार एक सूचना निकाली संघिय सरकारको निर्णय अनुसार चैत ९ गते आइतबारदेखि चैत २१ गते शुक्रबारसम्म नगर कार्यपलिकाको कार्यालय र नगरभित्रका १४ वटै वडाहरुवाट संचालन हुने स्वास्थ्य, फोहोर व्यवस्थापन र दमकल सेवा बाहेकका सेवा वन्द हुने जनाएका हुन् । प्रमुख प्रशासकिय अधिकृत कोइरालाद्धारा जारी सूचनामा कोरोना भाईरस रोकथामका लागि संघिय सरकारको हालैको निर्णय वमोजिम यस मन्थली नगरपालिका नगर कार्यपालिकाको कार्यालय र मातहतका वडाहरुवाट संचालन गर्दै आएका स्वास्थ्य शाखासंग सम्बन्धीत सेवाहरु , फोहोर मैला व्यवस्थापन सम्बन्धीत सेवाहरु र दमकल सेवा  बाहेकका सेवा वन्द हुनेछ भनिएको छ । मन्थली नगरपालिका पमुख रमेश कुमार बस्नेतले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संघीय सरकारले गरेको निर्णय अनुसार मन्थली नगरपालिकामा पनि स्वास्थ्य , फोहोरमैला व्यवस्थापन र दमकल बाहेकका सेवा बन्द गरिएको बताए ।