काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाउँमा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री केपी ओलीबाट शुक्रबार साँझ ६ बजे देशबासीका नाममा सम्बोधन हुने जानकारी दिएका छन्। उनले सरकारी निवास बालुवाटारबाट प्रधानमन्त्री ओलीले गर्ने सम्बोधनको नेपाल टेलिभिजनले लाइभ गर्ने पनि जानकारी दिएका छन्।
नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाउँमा सम्बोधन गर्दै
- प्रकाशित मिति: शुक्रबार, चैत्र ७ २०७६
- तामाकोशी