रामेछाप । चैत ५ गते,माधव ढकाल,
रामेछाप जिल्लाको मन्थली नगरपालिका विभिन्न स्थानमा रहेका वनमा ठुलो रुप लिएर फैलिरहेको सेतो बनमाराका कारण रैथाने वोटविरुवाहरु लोप हँुदै गएका छन् । मन्थली नगरपालिकाको खोक, भ्यगसरे पडेरि, गडवारि, ढाडको कान्लो, ¥याउलि घारि, सानिमदौ, सामुदायिक बनमा फैलिएको सेतो बनमाराका कारण कतिपय रैथाने वनस्पतिसमेत लोप हुने अवस्थामा पुगेका छन् ।
भारतको बाटो हुँदै नेपाल भित्रिएको दक्षिण अफ्रिकाको जङ्गलमा पाइने सेतो बनमारा र लेन्टेना क्यामेराका कारण रैथाने वनस्पति लोप हँुदै गएका छन् । केही वर्ष पहिले पुर्वका जङ्गलमा देखिएको माइकेनिया झार पनि हाल देशै भरिका जङ्गहरुमा फैलिएको छ । झार फैलदै झाँगिदै जाने र घाँसे मैदान, सिमसार क्षेत्र, नदी किनार ढाक्ने भएकाले साना बोटहरू मर्दै जाने र जमिनमा झार झेलिँदा बोटबिरुवाहरू समेत सुक्ने गरेका छन् । करिव १५ बर्षअघि सघनरुपमा देखा परेको वनमारा रामेछापको सुख्का बन क्षेत्रकम फैलिसकेकोले ठुला रुखहरु मासिदै गएपछि बनमाराले त्यस्ता क्षेत्र ढाक्दै जाने र नयाँ बिरुवाहरु हुर्कन नसक्ने अवस्था आउने हुन्छ । जस अनुसार ठुला रुखहरुका कारण घाम नछिर्ने स्थानमा वनमाराको प्रसार कम हुन्छ भने ठुला रुख मासिएर जमिनसम्म सहजै घाम छिर्ने स्थानमा छिटो फैलने गर्दछ । अन्तत यसको प्रभावलाई कम गरी वन्यजन्तु, वनस्पति माथिको प्रभाव पनि कम हुने निति गत व्यवस्था गरि स्थानिय निकाय, जिल्ला वन आगामि बर्षहरुमा बनमाराको प्रकोप रोक्न किसिमका कदम नचाले भएका बनहरु पनि बिस्तारै बनमाराको बनमा परिवर्तन नहोला भन्न सकिन्छ । सम्बधित पक्षको बेलैमा ध्यान जान जरुरत देखिन्छ ।
लेखक माधव ढकाल वातावरण संरक्षण परियोजना रामेछापका वातावरण संयोजक हुन् ।