रामेछाप । रामेछाप नगरपालिकाका कार्यपालिका सदस्य सरोज कटुवालले बिद्यार्थिलाई बिद्यालय पोशाक वितरण गर्नु भएको छ । कटुवालले रामेछापको केवलेश्वर आधारभुत बिद्यालयका २० जना बिद्यार्थिलाई बिद्यालय पोशाक वितरण गर्नु भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा रामेछाप नगरको ८ नम्बर वडा पार्टी कमिटीका अध्यक्ष समेत रहेका कटुवालले सोही वडाको केवलेश्वर आधारभूत विद्यालयमा अध्ययनरत २० जना बिद्यार्थिलार्ई तयारी पोशाक प्रदान गर्नु भएको हो । विद्यालयमा अध्ययनरत छात्र/छात्राहरुलाई पठनपाठनप्रति रुचि जगाउने उद्देश्यले आवश्यक तयारी पोशाक प्रदान गरेको नगर कार्यपालिकाका सदस्य कटुवालले बताउनुभयो । उहाँले सोही विद्यालयका प्रधानाध्यापक विनोद घिमिरेमार्फद अभिभावक, विद्यार्थीहरु लगाएतको उपस्थितिमा सो सामाग्री हस्तान्तरण गर्नुभएको विद्यालयले जनाएको छ ।
जनप्रतिनिधिको उदाहरणिय कामः बालबालिकालाई बिद्यालय पोशाक वितरण
- प्रकाशित मिति: मंगलबार, चैत्र ४ २०७६
- तामाकोशी