खाँडादेवी गाउँपालिकामा एक घर, एक धारा अभियान : ४ वटा वडा प्राथमिकतामा

  • प्रकाशित मिति: सोमबार, चैत्र ३ २०७६
  • तामाकोशी

रामेछाप । चैत ३ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाले प्रत्यक गाउँ गाउँमा एक घर एक धारो कार्यक्रम अघि सारेको छ । खानेपानीको संकट झेल्दै आएका सर्वसाधारणहरुलाई खानेपानीमा पहुँच र्पुयाउने उदेश्यले गाउँपालिकाले यस्तो अभियान सुरु गरेको हो । यहि अभिान अनुरुप गाउँपालिकाको वडा नं १ राकाथुमको खानी गाउँमा एक घर एक धाराको कार्यक्रम जारी छ । ८० घर धुरीरहेको खानी गाउँका प्रत्यक घरमा एक एक वटा धारा पुर्याउँने लक्षका साथ अहिले ट्याङकी निर्माण र पाइप बिच्छाउँने काम भैरहेको छ । खानेपानीको अभाव भएको आफ्नो गाउँमा गाउँपालिकाले २२ लाख लागतमा खानेपानी आयोजना निर्माण काम सुरु गरेपछि आफुहरुलाई खुशी लागेको खानीगाउँका स्थानीय जीवन राण मगरले बताए । खानीगाउँमा अहिले ८० घरधुरीलाई प्रत्यक घरमा एउटा एउटा धारा पुर्याउँने लक्ष्यका साथ खानी गाउँमा एक लाख ७० हजार लिटर क्षेमताको ट्याङकी निर्माणको काम भैरहेको छ । खानी गाउँमा गाउँपालिकाले आर्थिक बर्ष २०७६÷०७७ को २२ लाख बजेटबाट निर्माण सुरु गरेको खानीगाउँ खानेपानी आयोजनाको काम आर्थिक बर्ष २०७७÷०७८ मा सक्ने लक्ष्य लिइएको छ । खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका वडाध्यक्ष विष्णु कुमार श्रेष्ठले अहिले प्रत्यक नागरिकलाई स्च्छ पिउँने पानी घरघरमा पुर्याउँने लक्ष्य र रणनिति अनुसार आफ्नो वडामा काम भैरहेको बताए । यहि लक्ष्य र रणनीति अनुसार वडा नं १ राकाथुमको खानीगाउँमा खानेपानी आयोजनाको काम धमाधम भैरहेको उनको भनाई छ । यसैगरी गाउँपालिकाको वडा नं ६ माकादुमका वडाध्यक्ष पुष्कर कार्कीले आफ्नो वडामा ३ वर्षको अवधीमा १३ वटा खानेपानीका ट्याङ्की निर्माण गरिएको बताए । गाउँपालिकाको एक घर , अभियान अनुसार ती ट्याङ्कीहरु निर्माण गरिएको उनको भनाई छ । ट्याङ्की निर्माणको काम सकिएकाले खानेपानी वितरणलाइनको काम सुरु गरिने पनि उनले बताए । खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले सुक्खाग्रस्त यो पालिकाका अधिकांस स्थानमा नदी र खोलाको पानी लिफ्टमार्फत वितरण गर्न विभिन्न योजनाहरु सुरु गरिएको बताए । उनले गाउँपालिकाको पकरबास, भिरपानी, राकाथुम, माकादुम लगायतका स्थानमा एक घर एक धारा कार्यक्रम अन्तरगत खानेपानीका योजनाहरु निर्माण कार्य जारी रहेको बताए ।