रामेछाप । चैत १ गते, वद्री नयाँघरे,
रामेछाप नगरपालीका वडा नं ८ बावियाखर्कमा अवस्थित ऐतिहासीक वालकन्या मन्दिरको साधारण सभा सकिएको छ । शनिबार स्थानिय पाठशाला डाँडामा भएको उक्त साधारण सभामा वोल्दै पुर्व जलश्रोत मन्त्री लक्ष्मण प्रसाद घिमिरेले हिन्दु धर्मालम्विहरुको आस्थाको केन्द्र र धार्मिक महत्वको हिसाबले महत्वपुर्ण रहेको बालकन्या देवी मन्दिरको संरक्षण र सम्वद्र्धनका लागि सबै पक्षले उत्तिकै चासो दिनु पर्ने विचार ब्यक्त गरेका छन् ।
कार्यक्रममा बोल्दै रामेछाप नगरपालीकाका प्रमुख नर बहादुर थापा मगरले धार्मिक तथा ऐतिहासकि महत्व बोकेको वालकन्या मन्दिरलाई धार्मिक पर्यटकिय क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेकोले यसको संरक्षण र सम्वद्र्धनका लागि नगरपालीकाले पनि ध्यान दिने बताए । उनले भने नगरको विकास धार्मिक पर्यटन संग समेत जोडिएकोले नगर भित्र रहेका ऐतिहासिक रुपमा नाम दर्ज गराएका अन्य मन्दिरहरुको ब्वयवस्थापनमा नगरपालीका निरन्तर रुपमा लागि रहने बताए ।
संस्थाका अध्यक्ष शिव प्रसाद घिमिरेको अध्यक्षतामा भएको उक्त साधारण सभामा रामेछाप नगरपालीकाकी उप प्रमुख सुजना खड्का,नेपाली काँगेस रामेछापका सभापति लव श्री न्यौपाने,नेपाल महिला संघकि जिल्ला अध्यक्ष गंगा अधिकारी वडा नं ८ का अध्यक्ष केदार कार्कि लगाएतका बक्ताहरुले वाल कन्या मन्दिरको ऐतिहासिक र धार्मिक उपादयताको बारेमा आ आफनो धारणा राख्दै यसको विकासको आफुहरुले जहिले पनि सहयोगी भूमिका निर्वाह गर्ने बताए ।
साधारण सभामा संस्थाका सचिव नारायण प्रसाद घिमिरेले साँगठनिक प्रतिवेदन र ३ लाख २६ हजार ७ सय ८५ रुपैयाँ बरावरको प्रस्तुत गर्नु भएको आथर््िाक प्रतिवेदन सर्व सम्मत रुपले पारीत गरेको थियो । साधारण सभाले रिक्त रहेको समितिको सचिव, कोषाध्यक्ष र एक जना सदस्य पदमा नयाँ नाम अनुमोदन गरेको छ ।
उक्त मन्दिको संस्थागत विकास र संरक्षणका लागि स्थानिय अगुवाहरु क्रमश राजन प्रसाद घिमिरेले करिब १२ रोपनि नारायण हरी घिमिरेले करिव साँढे तीन रोपनी,पुष्कर प्रसाद घिमिरेले करिव साँढे आठ रोपनि ,राम्जी बावु कार्किले १० आना जमिन संस्थाको नाममा दान गरेको जानकारी गराईएको थियो ।
सो समितिमा १ सय ३४ जना आजिवन सदस्य रहेका र सदस्यत लिने हरुको संख्या बढ्ने क्रम रहेको छ । सो मन्दिरको दर्शन गर्दा मनोआँकाक्षा पुराहुने विश्वासका साथ विषेस गरि बडा दशैको फुलपाति देखि दशमि र चैतै दशै र अन्य महत्पुर्ण चाडहरुमा पनि टाढा टाढा बाट देवीको पुजा गर्न भक्तजनहरु आउने गरेका छन् ।
४० लाखको लागतमा शिव पाँन्चायन मन्दिरको शिलान्यास
साधारण सभाको अबसर पारेर बावियाखर्क समाजले सोहि स्थानमा शिव पान्चायन मन्दिरको पनि शिलान्यास पनि गरेको छ । मन्दिरको शिलान्यास पनि पुर्व मन्त्री लक्ष्मण प्रसाद घिमिरेले गरेका थिए । समाजका सदस्य, आम भक्तजनहरु,अगुवा र सवै तहका सरकार संग समेत समन्वय गरेर निर्मार्ण गर्ने लक्ष्य लिएको उक्त मन्दिर निर्माणको लागि ४० लाख रुपैयाँ लाग्ने अनुमान मन्दिर संरक्षण समितिले गरेको छ ।
वडा, नगर र जिल्लाको धार्मीक पर्यटन संग समेत जोड्ने उद्ेश्यका साथ निर्माण गर्न लागिएको उक्त मन्दिरको निर्माण कार्य आगामि एक वर्ष भित्र सक्ने योजना सहित काम आरम्भ गर्न लागिएको जानकारी पनि सो अवसरमा गराईएको थियो ।
करिव १ दर्जन भन्दा बढि मन्दिर रहेको सो ठाउँमा नियमित पुजा अर्चनाको व्यवस्था समेत हुदै आएको यहाँको समाजका भक्तजनहरुले शिव पान्चायन मन्दीर एकै ठाउँमा स्थापन गर्दा नियमित पुजा र विशेष चाडहरुमा पनि सहज होस भन्नका लागि र गाउँलाई धार्मिक गाउँको रुपमा विकास गरि सामाजिक सद्भावलाई अघि वढाउने लक्ष्य सहित मन्दिर निर्माण गर्न लागिएको मन्दिर व्यवस्थापन समितका सदस्य कृष्ण मुरारी घिमिरेले जानकारी दिए ।
वालकन्याको साधरण सभा सम्पन्न : ४० लाख लागतमा शिव पाँन्चायन मन्दिर बन्ने
- प्रकाशित मिति: शनिबार, चैत्र १ २०७६
- तामाकोशी