लगन सक्योः सुनको भाउ एकैदिन तोलामा तीन हजार घट्यो

  • प्रकाशित मिति: शनिबार, चैत्र १ २०७६
  • तामाकोशी

काठमाण्डौ । यो बर्षको लगनको महिना सकेसंगै सुनको भाउ शुक्रबार एकैदिन तोलामा तीन हजार रुपैयाँले घटेको छ ।
सुनको भाउ शुक्रबार तोलाको ७८ हजार पाँच सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । बिहीबार तोलामा आठ सय रुपैयाँ घटेर सुनको भाउ तोलाको ८१ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदी तोलामा ४० रुपैयाँ घटेर तोलाको आठ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय बजारमा शेयर कारोबार खस्किएसँगै सुनचाँदीको भाउ घटेको महासङ्घले जनाएको छ ।