करेन्ट लागेर सिन्धुलीमा एक जनाको ज्यान गयो: अरु तीन घाइते

  • प्रकाशित मिति: शनिबार, चैत्र १ २०७६
  • तामाकोशी

सिन्धुली । सिन्धुलीमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । शनिबार बिहान २ बजेति बत्ती बाल्ने क्रममा करेन्ट लागेर कमलामाई नगरपालिका–७ सिम्लेका माईतीमाया भोलनको ज्यान गएको र अरु तीन जना घाइते भएका प्रहरीले जनाएको छ ।

हावाहुरी चलेका कारण बिजुली शर्ट भएर करेण्ट लागेको हुनसक्ने प्रहरीको अनुमान छ । करेण्ट लागेर घाइते भएकी भोलनलाई उपचारका लागि सिन्धुली अस्पताल लैजाने क्रममा मृत्यु भएको हो । भोलनलाई करेण्ट लागेपछि उहाँका परिवारले हारगुहार गरेका र सहयोग गर्न जानका लागि आफ्नै घरमा बत्ती बाल्दा अरु तीन जना छिमेकी घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेहरुमा देवकुमारी घिसिङ, पदमबहादुर वाइबा र ज्ञानबहादुर थिङ रहेका छन् ।



उनीहरुको सिन्धुली अस्पतालमा उपचार भइरहेको जनाएको छ ।