खाँडादेवी ६ मा सञ्चालन भएका योजनाको मानवअधिकार संरक्षण सञ्जालबाट स्थलगत अवलोकन

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन २९ २०७६
  • तामाकोशी

रामेछाप । फागुन २९ गते,
मानवअधिकार संरक्षण सञ्जाल रामेछापले जिल्लाको खाँडादेवी गाउँपालिका–६ माकादुममा सञ्चालन भएका विकास आयोजनको स्थलगत अवलोकन गरेको छ । सञ्जालका जिल्ला संयोजक पाण्डव प्रसाईँको नेतृत्वमा गएको टोलीले सो वडामा भएका विकास निर्माणको काममको स्थलगत अवलोकन गरेको हो ।
टोलीले वडा कार्यालय गाउँपालिका मार्फत वडा नं ६ मा निर्माण भएका सडक, खानेपानी आयोजना, सिँचाई, स्वास्थ्य, शिक्षा, धार्मीकस्थल लागायतको स्थलगत अवलोकन गर्नुका साथै स्थानीय उभोक्ता र निर्वाचित जनप्रतिनिधिहरु तथा सरोकारवालाहरुसंग अन्तरक्रिया समेत गरेको थियो ।
अवलोकनका क्रममा देखिएका सकारात्मक विषय र सुधार गर्नु पर्ने पक्षको बारेमा समेत टोलीले सरोकारवालाई सुझा दिएको थियो ।
मानवअधिकार संरक्षण सञ्जाल रामेछापले जिल्लाको शिक्षा, स्वास्थ्य, विपत व्यवस्थापन, विकास निर्माण र सुशासन लगायतको क्षेत्रमा विभिन्न पैरविका कामहरु गर्दै आएको छ । सोही कार्यक्रम अन्तर्गत वडा कार्यालयले सञ्चालन गरेको विकास योजनाको स्थलगत अवलोकन गरेको हो ।
यस अघि मन्थली नगरपालिका र खाँडादेवी गाउँपालिकाले निर्माण गरेका सुशासन ऐन र नीतिको कार्यान्वयनको अवस्था र चुनौतिको बारेमा नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेत र गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङसंग छलफल गरेको थियो ।