रामेछाप । फागुन २६ गते,
रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिका वडा नम्बर १ राकाथुम चपाडीमा निर्माणाधिन लिफ्ट सिंचाई आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
नेपाल जेसिस नामक सामाजिक संस्था र नेपाल सरकारको साझेदारीमा झण्डै एक करोड २५ लाखको लागतमा निर्माणाधिन सुनकोसी चपाडी लिफ्ट सिंचाई आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेपछि चपाडीका किसान हर्शित बनेका छन् ।
सुनकोसीबाट लिफ्ट मार्फत पानी तानि स्थानीय ३५ घरपरिवारको जमिनमा सिँचाई सुविधा पुर्याउने आयोजनाको लक्ष रहेको छ । आयोजना निर्माणपछि आफुहरु व्यवसायिक तरकारी खेती गर्न उत्साहित भएको चपाडीका स्थानीय रामकृष्ण खड्काले बताए । अति सुख्खा ग्रस्त ठाउँमा लिफ्ट मार्फत खेत तथा बारी सिंचाई गर्न पाउने भएपछि आफुहरुलाई हर्शित बनाएको उनको भनाई छ ।
उनले आयोजना सञ्चालमा आएपछि चपाडी गाउँका ३५ घरधुरीले दैनिक ५ हजार लिटर पानी सिंचाईका लागि पानी प्रयोग गर्न पाउँ छन् ।
खाँडादेवी गाउँपालिका वडा नं १ राकाथुमका वडाध्यक्ष विष्णु कुमार श्रेष्ठले सुनकोसी चपाडी लिफ्ट सिंचाई आयोजनाको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।
उनले २ लाख लिटर भन्दाबढि पानी अट्ने क्षमता भएको पोखरी चपाडी गाउँ माथिको डाँडामा निर्माण गरिएको र पोखरीदेखिन खेतबारीसम्म पाइपबाट पानी पु्र्याई सिँचाई गरिने बताए। वडाध्यक्ष श्रेष्ठका अनुसार सुनकोसी चपाडी लफ्ट सिंचाई आयोजनाको पाइप लाइन , इनार र पोखरी निर्माण नेपाल जेसिसले गरेको हो भने आवश्यक विद्युतको काम नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र रामेछापले गरेको हो। यो आयोजनाबाट ३ सय रोपनी भन्दा बढि खेती योग्य जमिन सिंचित हुने छ । केही दिनमा नै स्थानीयले सिँचाई सुविधा प्रयोग गर्न पाउने छन् ।
राकाथुम चपाडीमा निर्माणाधिन लिफ्ट सिंचाई आयोजनाको काम अन्तिम चरणमा
- प्रकाशित मिति: सोमबार, फाल्गुन २६ २०७६
- तामाकोशी