दुखद खबर ! बेहुली भित्र्याउन नपाउदै जन्ती बोकेको बस दुर्घटना,३ जनाको गयो ज्यान

  • प्रकाशित मिति: बुधबार, फाल्गुन २१ २०७६
  • तामाकोशी

मकवानपुर : जन्ती बोकेको बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। बुधबार मकवानपुरगढी गाउँपालिका-२ स्थित शिखरकचेरीमा ना ३ ख ३५५६ नम्बरको बस दुर्घटना भएको हो। ४८ यात्रु बसमा रहेको प्रहरीले जनाएको छ। उक्त बस जितपुर भञ्ज्याङबाट सुकाैरा जाँदै थियो।

मकवानपुर प्रहरी प्रमुख सुशील सिंह राठौरका अनुसार घाइतेको उद्दार कार्य जारी रहेको छ। मान्छे धेरै च्यापिएकाले मृतकको संख्या बढ्न सक्ने प्रहरीको अनुमान छ। राठाैरका अनुसार बेहुला बेहुली सामान्य घाइते छन्। दुर्घटनाका घाइतेको हेटौंडा र चुर्यहिल अस्पतालमा उपचार भइरहेको छ। मृतकका सनाखत भएको छैन्। घटनाबारे थप विवरण आउन बाँकी रहेको छ । अन्नपूर्ण पोस्टमा लेखिईको छ ।