काठमाडौं। फागुन १९ । नेकपाका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डमाथी जुत्ता प्रहार गर्ने जुम्लाका रतन तिरुवाले प्रचण्डको भाषण चित्त नबुझेका कारण रिसको झोकमा जुत्ता हानेको बताएका छन् । फेसबुकको कभर फोटोमा पनि मार्क्स, एंगेल्स, लेनिन, स्टालिन र माओको तस्बिर राखेका रतन नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादी पार्टीमा आबद्ध रहेको प्रहरीले जनाएको छ ।
राष्ट्रिय सभागृहबाट पक्राउ गरे लगत्तै उतनलाई सिंहदरबार वृत्तमा राखिएको छ। रतनका बुबा मोहन तिरुवा जनयुद्धमा राज्य पक्षबाट मारिएको स्रोतको भनाई छ । रतनका विषयमा प्रहरीले थप अनुसन्धान अगाडी बढाइरहेको छ ।