रामेछाप । फागुन १८ गते,
रामेछाप जिल्लाको रामेछाप नगरपालिकाका निर्वाचित जनप्रतिनिधी र कर्मचारीले सुशासन कायम गरी नगरपालिकालाई सम्वृद्ध बनाउन सामुहिक प्रतिबद्धता जनाएका छन् । नगरपालिकाले आयोजना गरेको तीनदिने क्षेमता विकास तालिममा उनीहरुले सम्वृद्ध नगर बनाउँन ३० वटा बँुदा नै बनाई सामुहिक प्रतिवद्धता जनाएका हुन् ।
तालिमको समापन गर्दै नगरपालिका प्रमुख नर बहादुर थापा मगरले तालिममा सहभागि जनप्रतिनिधी र कर्मचारीहरुले समृद्ध नगर बनाउँनका लागि गरिएको प्रतिवद्धता कार्यान्वयन गरिने बताए । उनले अहिलेसम्म आफुहरुले शिर ठाडो हुने गरी काम गरिरहेको दाबि गरे । उनले जनप्रतिनिधीहरुले गर्ने हरेक काम निती नियम र कानुन अनुसार नै गरिरहेको बताए । नगरपालिकाकी उपप्रमुख सृजना खड््काले जनप्रतिनिधी र कर्मचारीविच सुमधुर सम्बन्ध हुन सके मात्रै सम्वृद्ध नगरपालिका बन्ने बताइन् । उपप्रमुख खड्काले पत्रकारहरुलाई सहि काम भएको भए प्रचार प्रसार गर्न र गलत काम भएको भए खबरदारी गर्न पनि आग्रह गरिन् । जनप्रतिनिधी र कर्मचारीहरुको क्षमता विकास गर्न संचालन गरिएको तालिममा संविधानविद तथा प्रशासन विज्ञ काशीराज दाहाले प्रशिक्षण दिएका थिए । उनले जनप्रतिनिधी र कर्मचारीहरुलाई विधि र विवेक नछाडी काम गर्न आग्रह गरे । तालिममा स्थानीय सरकार सन्चालन सम्बन्धि अभ्यास र अनुगमनको बारेमा अन्तरक्रिया गरिएको थियो । तालिममा नगरपालिकाका ९ वटै वडाका वडाअध्यक्षहरु , कार्यपालिका सदस्य , नगरपालिका लगायत सबै वडामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।
रामेछाप नगरपालिकालाई समृद्ध बनाउँन जनप्रतिनिधी र कर्मचारीकोे सामुहिक प्रतिवद्धता
- प्रकाशित मिति: आइतबार, फाल्गुन १८ २०७६
- तामाकोशी