सिन्धुलीमा ७ सय ६८ भूकम्प पीडितलाई लाभग्राही सूचीबाट हटाइयो

  • प्रकाशित मिति: शनिबार, फाल्गुन १७ २०७६
  • तामाकोशी

सिन्धुली । फागुन १७ गते,
सिन्धुलीमा भुूकम्प गएको झण्डै पाँच बर्ष बित्नै लाग्दा तोकिएको समयभित्र नीजि आवास निर्माण गर्न सम्झौता नगर्ने ७६८ जना भुूकम्प पी’डितलाई लाभग्राही सूचीबाट हटाईएको छ । सुरुमा नै लाभग्राही सूचिमा परेका यि भुूकम्प पी’डितले राष्ट्रिय पुननिर्माण प्राधिकरणले तोकेको समय २०७६ पुस मसान्तसम्म पनि नीजि आवास बनाउन सम्झौता नगरेकाले लाभग्राही सूचिबाट नाम हटाउन सिफारिस गरिएको राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन ईकाइ अनुदान व्यवस्थापन कार्यालय सिन्धुलीले जनाएको छ ।
उक्त कार्यालयका अनुसार सुरुमा नै लाभग्राही सूचीमा नाम निस्किएका भुकम्प पी’डितलाई राष्ट्रिय पुननिर्माण प्राधिकरणले २०७६ असार मसान्तसम्म सम्झौता गर्ने समय सिमा दिएका थियो । त्यो समय सिमामा सम्झौता नगर्ने भुकम्प पी’डितलाई फेरी जिल्ला पुननिर्माण सहजीकरण समितिको स्विकृतीमा २०७६ पुस मसान्तसम्म मौका दिएको थियो । उक्त मौकामा पनि सम्झौता गर्न नआउने ७६८ जना भुकम्प पी’डितलाई लाभग्राही सूचीबाट लगत कट्टा गर्न केन्द्रसमक्ष सिफारिस गरिएका छ । असारदेखि पुस मसान्तसम्ममा सहजीकरणबाट ११५ जना लाभग्राहीले नीजि आवास बनाउन सम्झौता गरेका छन् । सिन्धुली जिल्लामा सुरुमा भुकम्प पी’डित लाभग्राही सूचीमा ३४ हजार २५६ जनाको नाम निस्किएको थियो । लाभग्राही सूचीबाट हटाउन सिफारिस गरिए भुकम्प पीडित पनि यीनै मध्येका भएको निमित्त आयोजना प्रमुख सुर्यप्रकास बिष्टले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा अहिले गुनासोबाट थपिएका सहित ३८ हजार ५६२ जना पुननिर्माण तर्फका लाभग्राही रहेको छन् । ती मध्ये एक हजार ६८२ जना सम्झौता गर्न नआएका र यि मध्येबाट ७६८ जना लाभग्राहीको लगत कट्टा गर्न लागिएको हो । सम्झौता गर्न नआउने बाँकी लाभग्राही भूमिहिन, ऐलानी जग्गामा बसोबास गरेका लगायतका छन् ।

स्रोत : सिन्धुली सौगात