रामेछाप । फागुन १३ गते,
रामेछापमा जारी दोस्रो रामेछाप महोत्सव २०७६ र नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी सदरमुकाम मन्थली स्थित तामाकोसी नदीमा संचालन गरिएको र्याफ्टीङमा क्रेज बढ्दै गएको छ ।
फागुन १० गते शनिबारबाट किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडले जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ हलेदेबाट मन्थली नगरपालिका वडा नं १ आकाशे पुलसम्म तामाकोशी नदीमा सुरु गरेको र्या्िफ्टङका लागि आकर्षन बढेको हो । सोमबार अनेराश्वबियूले पनि झण्डा ब्यानर सहित जिल्ला स्थित नेकपाका नेता सहित र्याफ्टीङ गराएको छ । जिल्लाको पर्यटनलाई प्रवद्र्धन गरी आर्थिक विकास गर्न र्याफ्टीङले भुमिका खेल्न भएकाले यसको निरन्तरताका लागि सरोकावाला निकायको ध्यान केन्द्रीत गराउँन र प्रचार प्रसार गर्न आफुहरुले अनेराश्वबियूको झण्डा र ब्यानर सहित र्याफ्टीङ गराइएको अनेरास्वबियू जिल्ला कमिटीका संयोजक सागरहरि अधिकारीले बताए ।
उनले नेकपा रामेछापका नेता आनन्द श्रेष्ठ ,रामबाबु घिमिरे , अनेराश्वबियू केन्द्रीय निर्वाचन आयोगका सदस्य श्याम श्रेष्ठ सहित अनेराश्ववियूको टोलीले जिल्लाको पर्यटन विकासमा टेवा पुयाउने उद्देश्यले संचालित र्याफ्टीङ गरिएको बताए । नेपाल भ्रमण बर्ष २०२० र दोस्रो रामेछाप महोत्सवलाई लक्षित गरि सचालन गरिएको र्याफ्टीङमा दैनिक १ सय २० जना भन्दा बढिले र्याफ्टीङ गरी मनोरञ्जन लिने गरेको संचालक सिताराम लोहारले बताए । उनले महोत्सव हेर्न आएका अन्य भन्दा युवा ,युवती , विद्यार्थीहरुको निकै क्रेज देखिएकाले यहि फागुन १५ गते विहीबारसम्म र्याफ्टीङ संचालन गरिने बताए । हलेदेदेखी आकाशे पुलसम्म एक घण्टा ३० मिनेटसम्म तामाकोशीमा मज्जा लिन पाइने र्याप्टीङ गर्नका लागि प्रति व्यक्ति एक हजार रुपैया शुल्क लाग्ने संचालनक किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडले जनाएको छ ।
मन्थलीमा र्याफ्टीङको निरन्तरताका लागि प्रचार प्रसार गर्दै अनेराश्वबियू
- प्रकाशित मिति: मंगलबार, फाल्गुन १३ २०७६
- तामाकोशी