मन्थलीमा र्याफ्टीङको क्रेज : एकदिनमा १ सय २० जनाले गरे र्याफ्टीङ

  • प्रकाशित मिति: सोमबार, फाल्गुन १२ २०७६
  • तामाकोशी

रामेछाप । फागुन १२ गते,
रामेछापमा जारी दोस्रो रामेछाप महोत्सव २०७६ र नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी सदरमुकाम मन्थलीमा संचालन गरिएको र्याफ्टीङमा क्रेज बढ्दै गएको छ । फागुन १० गते शनिबारबाट किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडले जिल्लाको लिखुतामाकोशी गाउँपालिका वडा नं ७ हलेदेबाट मन्थली नगरपालिका वडा नं १ आकाशे पुलसम्म तामाकोशी नदीमा सुरु गरेको र्या्िफ्टङका लागि सबैको आकर्षन बढेको हो ।
दोस्रो रामेछाप महोत्सवमा बढि भन्दा बढि पर्यटकहरुलाई अवलोकन गराउँने र जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउँने उद्देश्यले संचालन गरिएको र्याफ्टीङ अन्य कार्यक्रम भन्दा निकै आकर्षक भएकाले सबैको ध्यान तानेको नेपाल पत्रकार महासंघ बाग्मती प्रदेशका सदस्य बद्री नयाघरेले बताए । र्याफ्टीङ गरिसकेपछि उनले जिल्लाको प्रमुख पर्यटकिय क्षेत्रको विकास र प्रर्बद्धनका लागि र्याफ्टीङले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । दोस्रो रामेछाप महोत्सवका संयोजक एवं सामाजिक सशक्तिकरण नेपालका अध्यक्ष सोनु रोक्काले जिल्लाको पर्यटनलाई प्रवद्र्धन गरी आर्थिक विकास गर्न र्याफ्टीङ सेवाले ठुलो भुमिका खेल्ने भएकाले यसलाई सधै चल्ने बाताबरण बनाउँनुपर्नेमा जोड दिए । रामेछाप महोत्सवको मुख्य आकर्षनका रुपमा हेरिएको र्याफ्टीङ गरेर तामाकोशीको मनोरम दृश्य अवलोकन गरी मनोरञ्जन लिन सबैलाई आग्रह गरे । नेपाल भ्रमण बर्ष २०२० र दोस्रो रामेछाप महोत्सवलाई लक्षित गरि सचालन गरिएको र्याफ्टीङमा दैनिक १ सय २० जना भन्दा बढिले र्याफ्टीङ गरी मनोरञ्जन लिने गरेको संचालक सिताराम लोहारले बताए । उनले महोत्सव हेर्न आएका अन्य भन्दा युवा ,युवती , विद्यार्थीहरुको निकै क्रेज देखिएकाले यहि फागुन १५ गते विहीबार सम्म र्याफ्टीङ संचालन गरिने बताए । हलेदेदेखी आकाशे पुलसम्म एक घण्टा ३० मिनेट सम्म तामाकोशीमा मज्जा लिन पाइने र्याप्टीङ गर्नका लागि प्रति व्यक्ति एक हजार रुपैया शुल्क लाग्ने संचालनक किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडले जनाएको छ ।