नागढुङ्गाबाट खैरो हेरोइन सहित डाँगी प्रहरी फन्दामा

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ११ २०७६
  • तामाकोशी

काठमाडौं, ११ फागुन । प्रहरीले नागढुङ्गास्थित चेकप्वाइन्टबाट लागूऔषध खैरो हेरोइनसहित एक युवतीलाई नियन्त्रणमा लिएको छ । आईतबार महानगरीय प्रहरी प्रभाग नागढुङ्गाले चेकजाँच गर्ने क्रममा लागूऔषध खैरो हेरोइनसहित झापा शिव सत्तासी नगरपालिका–११ की २३ वर्षीया विना डाँगीलाई नियन्त्रणमा लिएको हो ।

महानगरीय प्रहरी बृत्त थानकोटका अनुसार काँकडभित्ताबाट काठमाडौं आउँदै गरेको ना ७ ख ५७०२ नम्बरको बसमा सवार डाँगीको साथबाट ४.२६ ग्राम खैरो हिरोइन फेला पारिएको छ । डाँगीमाथि लागूऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम आवश्यक अनुसन्धान तथा कारबाही भइरहेको प्रहरीले जनाएको छ ।