रामेछाप महोत्सवमा आइएमई सेवा :एक हजार बढि रिचार्ज गर्नेलाई निशुल्क टिसर्ट

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ११ २०७६
  • तामाकोशी

रामेछाप । फागुन ११ गते,
नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी फागुन ६ गते देखी सुरु भएको दोस्रो रामेछाप महोत्सव रामेछाप सदरमुकाम मन्थलीमा जारी छ । महोत्सवलाई आकर्षन बनाई धेरै भन्दा धेरै दर्शकलाई अवलोकन गराई जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउँने उद्देश्यले विभिन्न सेवा प्रदायक निकायले आकर्षक सेवा तथा सुविधाहरु प्रदान गरिरहेको छ । यसैलाई मध्यनजर गरी आकर्षक अफर सहित आईएमई सेवा पनि महोत्सव स्थलमै प्रदान गरिएको छ । फागुन ६ गते महोत्सव सुरु भएकै दिनबाट मन्थलीको देवकोटा चोकमा संचालित आईएमई सेन्टर श्री प्रथमा मनी ट्रान्सफरले यस्तो सेवा दिइरहेको छ । आउँने दर्शक, कलाकार लगायतलाई महोत्सव स्थलबाटै पैसा पठाउने, निकाल्ने, रिचार्ज गर्ने सेवा प्रदान गरिरहेको आईएमईका संचालक सुरेश उदाशले बताए । महोत्सव अवधीभर आईएमई पेको एजेन्ट बन्ने र एक हजार भन्दा बढी रिचार्ज गर्नेलाई आकर्षक टिसर्ट, क्याप र पेन समेत उपहारका रुपमा प्रदान गरिरहेको उनको भनाई छ । जिल्ला समन्वय समिति रामेछापको भवन पछाडी जारी मोहोत्सव फागुन १५ गते सम्म चल्ने छ । महोत्सवमा ४७ लाख २० हजार खर्च हुने आयोजकको अनुमान छ । कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवको रामेछाप उद्योग वाणिज्य संघ आयोजक, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेका छन् ।