नविन श्रेष्ठ
रामेछाप । फागुन १० गते,
रामेछापमा जारी दोस्रो रामेछाप महोत्सव २०७६ र नेपाल भ्रमण बर्ष २०२० लाई लक्षित गरी सदरमुकाम मन्थलीमा शनिबारबाट र्या्फ्टिङ सुरु गरिएको छ । किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडले मन्थली नगरपालिका वडा नं २ कठजोरखोला दोभानबाट वडा नं १ आकाशेसम्म तामाकोशी नदीमा र्या्फ्टिङ सुरु गरेको हो ।
दोस्रो रामेछाप महोत्सवमा बढि भन्दा बढि पर्यटकहरुलाई अवलोकन गराउँने र जिल्लाको पर्यटन विकासमा टेवा पुर्याउँने उद्देश्यले संचालन गरिएको र्याफ्टीङ गर्नका लागि प्रति व्यक्ति एक हजार रुपैया शुल्क लाग्ने संचालनक किङ्ग स्टार क्रियसन प्राइभेट लिमिटेडले जनाएको छ ।
कठजोर खोला दोभानदेखी आकाशे पुलसम्म एक घण्टा ३० मिनेट सम्म तामाकोशीमा र्याप्टीङको मज्जा लिन पाइने आयोजकको भनाई छ । महोत्सव अवलोकन गर्न आउँने दर्शकहरुलाई र्याफ्टीङ गराउँनका लागि संचालकले मन्थलीबाट कठजोर खोलासम्म लाने र ल्याउँने व्यवस्था पनि गरेको छ । र्याफ्टीङ गरिसकेपछि जिल्ला युवा समिति रामेछापका अध्यक्ष प्रकाश कुमार कार्कीले जिल्लाको प्रमुख पर्यटकिय क्षेत्रको विकास र प्रर्बद्धनका लागि र्याफ्टीङले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताए । उनले तामकोशीमा पनि यसको ठुलो सम्भावना देखिएकाले यसलाई सदावहार बनाउँन लाग्नुपर्ने बताए ।
रामेछाप उद्योग बाणिज्य महासंघका निवर्तमान अध्यक्ष श्याम थापाले रामेछाप जिल्लाको पर्यटनलाई प्रवद्र्धन गरी आर्थिक विकास गर्न र्याफ्ङ सेवाले ठुलो भुमिका खेल्ने बताए ।
उनले यो सेवाको दिगोपनाका लागि सरोकारवाला निकायले सहयोग गर्नुपर्नेमा जोड दिए । रामेछाप उद्योग बाणिज्य संघका निवर्तमान महासचिव जगन्नाथ दाहालले मन्थली नगरपालिका वडा नं २ कठजोर खोला दोभानबाट वडा नं १ आकाशेसम्म संचालन भएको र्याफ्टीङ निकै महोत्वपुर्ण मनोरम दृश्य अवलोकन गरी मनोरञ्जन लिने जिल्लाकै एक क्षत्र भएकाले सबैलाई र्याफ्टीङ गर्न आग्रह गरे । नेपाल भ्रमण बर्ष २०२० तथा दोस्रो रामेछाप महोत्सव २०७६ लाई लक्षित गरी संचालन गरिएको र्याफ्टीङ सेवाका लागि मन्थलीका न्यू सनराइज ज्वेलर्स , पताञ्जली ब्यटी पार्लर,गाल्पाली होटल एण्ड लज र रोयश्ना फेन्सी स्टोर्समा टिकेट लिन पाइने व्यवस्था आयोजकले गरेको छ ।