दोलखा । फागुन ९ गते,
शिवरात्रि मनाउनका लागि डोरी टाँगेर सहयोग माग्ने क्रममा दोलखामा एक बालकको ज्यान गएको छ ।ज्यान गुमाउनेमा कालिञ्चोक गाउँपालिका–९ सुन्द्रावतीका नौ वर्षीय पुजन थामी रहेका प्रहरीले जनाएको छ । बाटोमा डोरी टाँगेर सहयोग माग्दै गर्दा यात्रु बोकेको बसको पछाडिपट्टिको चक्काले कुल्चिँदा उनको ज्यान गएको हो ।सिंगटीबाट चरिकोट आउँदै गरेको पूर्वअरनिको यातायातको बा४ख ५८०९ नम्बरको बसको चक्काले थामीलाई बिहान साढे एघार बजेतिर कुल्चँदा उनकोे घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ । बसले डोरीसहित लतार्दा बालक थामी बसको चक्कामुनि परेकोले उनको ज्यान गएको स्थानीयको भनाइ छ। मृतक थामीको शव घटनास्थलमै राखिएको छ भने बस लिएर चालक सिधै जिल्ला प्रहरी कार्यालयमा आएको प्रहरीले जनाएको छ ।
शिवरात्री मनाउँन डोरीले बाटो छेक्दा बसले किचेर नौ वर्षीय बालकको ज्यान गयो
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन ९ २०७६
- तामाकोशी