रामेछाप । फागुन ९ गते,
रामेछापको सदरमुकाम मन्थलीमा सञ्चालन भइरहेको दोस्रो रामेछाप महोत्सवको चौथो दिन शुक्रबार ३ हजार ३ सय दर्शकले अवलोकन गरेका छन् ।
शुक्रबार महाशिवरात्री पर्व सार्वजनिक विदा भएकाले दर्शकहरुको भीड अन्य दिनको तुलनामा निकै बढेको छ । रामेछापको गौरव र गरिमामय प्रस्तुती रामेछाप महोत्सव एकबर्ष अगाडीदेखी आयोजना हुँदै आएको छ । शुक्रबारको सांस्कृतिक कार्यक्रममा लोक तथा दोहोरी गायक सरोज लामिछाने ,तिर्थ विरक्त पार्खीन र विनोद लामा लागाएतले दर्शकलाई आफ्नो प्रस्तुती मार्फत मनोरञ्जन दिएको आयोजक रामेछाप उद्योग बाणिज्य संघका सचिव सुरेश उदाशले जानकारी दिए । उनले महोत्सवको चौथो दिन शुक्रबार साँझ ५ बजे सम्म तीन हजार तीन सय बढि दर्शकले अवलोकन गरेको बताए । महोत्सवमा विभिन्न हास्य कलाकार र स्थानीय कलाकाहरुले पनि आफ्ने प्रस्तुती दिएको उनको भनाई छ । आन्तरिक र बाह्य पर्यटकलाई रामेछापमा भित्र्याउने, जिल्ला भित्रका विभिन्न जात जातीका झाँकी प्रदर्शन, कृषि उपज, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन, हेलिकप्टरबाट मन्थली शैलुङ भ्रमण उडान, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग, रामेछापको वृतचित्र प्रद्धशनी, तामाकोसी नदिमा ¥याफ्टिङग सेवा, स्थानीय तथा राष्ट्रिय कलाकारबाट गायन नृत्यसहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन भैरहेका छन् ।
जिल्ला समन्वय समिति रामेछापको भवन पछाडी जारी मोहोत्सव फागुन १५ गते सम्म चल्ने छ । महोत्सवमा ४७ लाख २० हजार खर्च हुने आयोजकको अनुमान छ । कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको महोत्सवको रामेछाप उद्योग वाणिज्य संघ आयोजक, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेका छन् ।
दोस्रो रामेछाप महोत्सवको चौथो दिन : तीन हजार तीन सय दर्शकले गरे अवलोकन
- प्रकाशित मिति: शुक्रबार, फाल्गुन ९ २०७६
- तामाकोशी