पेशा व्यवसाय ठप्प भएका शहरलाई शसक्त बनाईन्छ : नगरप्रमुख बस्नेत

  • प्रकाशित मिति: बिहिबार, फाल्गुन ८ २०७६
  • तामाकोशी

रामेछाप । फागुन ८ गते,
रामेछापको मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले पेशा व्यवसाय ठप्प भएको शहररुलाई शसक्त बनाइने बताएका छन् । सदरमुकाम मन्थलीमा विहीबार आयोजित आयकर तथा मुल्यकर सम्बन्धी एकदिने तालिमको समापन गर्दे नगरप्रमुख बस्नेतले यस्तो बताएका हुन् । पेशा व्यवसाय नचलेर मृत बनेका शहरहरुलाई आवश्यकताका आधारमा विभिन्न योजना बनाएर शसक्त शहर बनाउँने गरी नगरले काम गरीरहेको उनको भनाई छ । उनले मन्थली नगरपालिकामा सरोकारवाला निकायसंग प्रयाप्त छलफलहरु गरेर मात्रै करको दायरामा ल्याउँने बताए । उनले व्यवसायीले तिरेको कर रकम सामाजिक सुरक्षा र विकास निर्माणका काममा खर्च गर्ने भएकाले आम्दामी अनुसारको कर तिर्न अटेर नगर्न व्यवसायीहरुलाई आग्रह गरे । अहिलेको व्यवस्था अनुसार स्थानीय , प्रदेश र संघिय कानुनको पुर्ण पालना गरी करको दायरामा रहेर पेशा व्यवसाय गर्न व्यवसायीहरुलाई उनको आग्रह छ । रामेछाप उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नविन कुमार थापा मगरको अध्यक्षतामा भएको तालिममा रामेछाप जिल्लाका ५० लाख भन्दा बढि कारोकार भएका व्यवसायीहरु र मुल्य अभिवृद्धि करमा दर्ता हुन आवश्यक भएका फर्मका व्यसायीहरु र फर्मका लेखापालहरु , सरकारी कार्यालयका लेखा अधिकृत र सहकारी संस्थाका लेखा अधिकृतहरु , रामेछाप उद्योग बाणिज्य संघका पदाधिकारी सहित ८५ जनाले सहभागिता जनाएको रामेछाप उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नविन केसीले जानकारी दिए । नेपाल सरकार आन्तरिक राजश्व विभाग , नेपाल उद्योग बाणिज्य महासंघको आयोजना र रामेछाप उद्योग बाणिज्य संघको सहआयोजनामा भएको तालिममा चार्टर अकाउन्टेन्ट ज्ञानेन्द्र भारी , दिलमान सिं र आन्तरिक राजश्व कार्यालय धुलिखेलका कर अधिकृत नविन्द्र श्रेष्ठले प्रशिक्षण दिएका थिए ।