दोलखा । फागुन ८ गते,
दोलखा भीमेश्वरको शीलामा ‘पसिना’ विहिबार आएको आएको छ ।बिहान साढे ६ बजेदेखि ‘पसिना’ देखिएको भन्दै भीमेश्वरको शीलालाई पूजारीले चम्मरले हम्कने, कपासले पसिना पुछ्ने थालिएको मन्दिर पूजा व्यवस्थापन समिति अध्यक्ष भरत श्रेष्ठले बताए ।
उनका अनुसार करिब ८ बजेर २० मिनेटसम्म भिमेश्वरको शीलामा पसिना आएको थियो । कालो शीलाको टुप्पामा पानीको थोपा देखिँदै बग्न थालेको अवस्थालाई ’भीमेश्वलाई पसिना आएको’ भन्ने गरिन्छ। पसिना पुछेको कपास र पछि क्षमापूजा गरिएको प्रसाद पहिले राष्ट्रप्रमुखका रुपमा राजा कहाँ र्पुयाउने चलन थियो अहिले भने त्यो राष्ट्रपति कहाँ र्पुयाइन्छ । वि.सं. १९९० पछिका दिनहरुमा भीमेश्वरमा पसिना आएपछि कपास र प्रसाद राजासमक्ष र्पुयाउन थालिएको हो। त्यो चलन कायमै रहेकाले अब पनि त्यसै गरिने वडाअध्यक्ष श्रेष्ठले बताए। पछिल्लोपटक २०७४ असोज २ गते पसिना आएको थियो । १९९० सालपछि कम्तीमा १५ पटक पसिना आएको अभिलेख भीमेश्वर मन्दिर व्यवस्थापन समितिसँग छ।
दोलखा भीमसेनलाई ‘पसिना’,
- प्रकाशित मिति: बिहिबार, फाल्गुन ८ २०७६
- तामाकोशी