स्याङ्जाबाट आयो फेरी अर्को भैंसी काण्ड ! २ जना पक्राउ

  • प्रकाशित मिति: बुधबार, फाल्गुन ७ २०७६
  • तामाकोशी

स्याङ्जा : भिरकोटमा भैंसी चोरेको आरोपमा दुईजना पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय वालिङले लैनो (दूध दिने) भैंसी र पाडी चोरेको आरोपमा २४ वर्षीय अजमत अली र २७ वर्षीया महमद अलीलाई पक्राउ गरेको हो । फागुन ३ गतेका दिन भीरकोट नगरपालिका-१ बस्ने तेजबहादुर केसीको २ वर्षको पाडी र फागुन ४ गते भीरकोट नगरपालिका–२ बस्ने जमुना केसीको भैंसी गोठबाटै हराएपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए ।

लगातार, पाडी र भैंसी हराएको उजुरी आएपछि अनुसन्धान अघि बढाएको प्रहरीले दुई दिनमै भैंसी लान प्रयोग गरिएको जिपसहित दुईजनालाई पक्राउ गरेको हो । प्रहरीले ग १ ज ५८४१ नम्बरको जीपसमेत नियन्त्रणमा लिएको छ । सोही जिपमा भैंसी र पाडी राखेर बयरघारी बजारतर्फ ल्याउँदै गर्दा प्रहरीको सोधखोजपछि उनीहरु पक्राउ परेका हुन् । पक्राउ परेका आरोपितमाथि अनुसन्धान सुरु भएको प्रहरी निरीक्षक निरन्जन घिमिरेले जानकारी दिए ।



प्रहरीले भैंसी चोरमा संलग्न भएका दुबै जनालाई जिल्ला अदालमा म्याद थपी अनुसन्धान सुरु गरेको छ । मुलुकी अपराधसंहिता ऐन २०७४ अनुसार उनीहरुलाई ३ वर्ष कैद र ३० हजार जरिवानाको व्यवस्था छ । भवानी अधिकारीले अन्नपूर्ण पोस्टमा लेखिएको छ ।