रामेछाप । फागुन ५ गते,
यहि फागुन ६ गते मंगलबार देखि १५ गते विहिबारसम्म संचालन हुने दोस्रो रामेछाप महोत्सवको सम्पुर्ण तयारी पुरा भएको छ । महोत्सवको अघिल्लो दिन सोमबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी आयोजक रामेछाप उद्योग बाणिज्य संघले महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिएको हो । पत्रकार सम्मेलनमा आयोजक संस्था रामेछाप उद्योग बाणिज्य संघका अध्यक्ष केशब प्रसाद घिमिरेले १० दिनसम्म चल्ने महोत्सवको सम्पुर्ण तयारी पुरा भएको बताए । उनले मंगलबार बाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश प्रसाद ढुंगेलले महोत्सवको उद्घाटन गर्ने बताए ।

पत्रकार सम्मेलनमा उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष नविन कुमार थापा मगरले महोत्सव स्थलमा बनेका ७० वटा स्टल मध्य ४३ वटा बुकिङ भैसकेको र १७ वटा स्टल बुकिङ हुन बाकि रहेको जानकारी दिए । उनले स्टलको फोनमार्फत धेरै ठाउँबाट माग आएकाले थप स्टल बनाउँनुपर्ने अवस्था आएको बताए । उद्योग बाणिज्य संघका कार्यकारी अधिकृत नविन केसीले महोत्सवलाई थप आकर्षक बनाउनको लागि राखिने रोटे पिङ, ड्रागन र बालबालिका खेल्ने ठाउँ बनाउने र बजार सजाउने काम सहित अधिकांस तायारी पुरा भएको बताए । उनले महोत्सव उद्घाटन समारोहमा हेलिकप्टर मार्फ पुष्पबृष्टी गर्ने कार्यक्रम राखिएको र महोत्सवलाई थप आकर्षन बनाउँन हलेदेदेखी मन्थली नगरपालिका वडा नं ६ भलुवाजोरको कुनौरीसम्म र्याफ्टीङको व्यवस्था गरिएको पनि बताए । उनले जिल्ला समन्वय समितिको हलपछाडी संचालन हुने महोत्सव प्रत्यक दिन बिहानको १०ः०० बजेदेखी बेलुका ८ः०० बजे सम्म संचालन हुने बताए ।
महोत्सवमा रु ५० रपैयाको टिकेक काटेर अवलोकन गर्ने व्यवस्था गरिएकोमा विद्यार्थी , अपाङग र जेष्ठ नागरिकलाई ४० रुपैयाको टिकेट काटेर महोत्सवको अवलोकन गर्ने व्यवस्था गरिएको उनको भनाई छ । कृषि, पर्यटन प्रवद्र्धन गर्ने हाम्रो सान, कला संस्कृतिको जगेर्ना रामेछापको पहिचान, भ्रमण वर्ष २०२० सफल पार्ने हाम्रो अभियान’ भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवको आयोजक रामेछाप उद्योग वाणिज्य संघ, मन्थली नगरपालिका मुख्य प्रायोजक र सामाजिक सशक्तिकरण नेपाल सह–आयोजक रहेका छन् ।
धेरै भन्दा धेरै आन्तरिक तथा बाह्य पर्यटकलाई भित्र्याउने र जिल्लाबासी तथा जननिर्वा्चित जनप्रतिनिधिसँग सामाजिक सम्बन्ध कायम गराउने उद्देश्यका साथ जिल्ला भित्रका विभिन्न जातजातीका झाँकी प्रदर्शन, कृषि उपज, साना उद्योगीद्धारा उत्पादित बस्तु प्रर्दशन, पर्यटन प्रबद्र्धन गर्ने गराउने, शैलुङ्ग क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न हेलिकप्टरबाट मन्थली शैलुङ उडान भर्ने, स्थानीय कलाकार तथा अतिथि कलाकारबाट प्रत्येक दिन गायन नृत्य सम्मान सहित वृहत सास्कृतिक कार्यक्रम प्रदर्शन गर्ने, नुम्बुर चिज सर्किट, पश्चिमी ट्रेल मार्ग रामेछापको वृतचित्र प्रद्धशनी गराउने यी आदि महोत्सवका मुख्य आकर्षणहरु रहेको रामेछाप उद्योग वाणिज्य संघले जनाएको छ । झण्डै ५० लाख खर्च हुने महोत्सवमा एक लाख बढी आन्तरिक एवं बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।