रामेछाप । फागुन ५ गते,
रामेछापमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउँने बारेमा सरोकारवालाबिच छलफल भएको छ । सोमबार मन्थलीमा बसेको समुदाय प्रहरी जिल्ला समितीको बैठकमा यसबारे छलफल भएको हो । बैठकमा जिल्ला समन्वय समिती रामेछापका प्रमुख प्रेम बहादुर खड्काले समाजमा हुने विभिन्न अपराधिक गतिविधिहरुलाई नियन्त्रण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रमले ठुलो भुमिका खेलेकाले यसलाई अझै प्रभावकारी बनाउँनुपर्नेमा जोड दिए ।
यो कार्यक्रम संचालनका लागि आवश्यक श्रोतको कमि हँुदा सोचे अनुरुपको प्रभावकारी नभएको भन्दै उनले अब जिल्लाका सबै स्थानीय सरकारसंग आवश्यक समन्वय र सहकार्य गरी श्रोत जुटाई प्रभावकारी बनाउँनुपर्ने बताए । समुदाय प्रहरी साझेदारी कार्यक्रम रामेछापका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सबै नागरिकका बिचमा राज्य पुर्याउँने महत्वपुर्ण माध्ययम सामुदाय प्रहरी साझेदारी कार्यक्रम भएको बताइन् ।
उनले विगतम जे जस्तो अवस्थामा यो कार्यक्रम संचालन भएपनि अब यो कार्यक्रमलाई प्रभावकारी बनाइने बताइन्् । जसका लागि जिल्लाको सवै स्थानीय तहका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत लगायत जिल्ला स्थित सरोकारवाला निकायसंग छलफल र सहकार्य गरिने उनको भनाई छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रमुख प्रहरी नायव उपरिक्षक बसन्त पाठकले जिल्लाका ८ वटै स्थानीय तह, ६४ वटा वडा , २ सय ५६ वटा टोल र २ सय ७० वटा विद्यालयमा समुदाय प्रहरी साझेदारी समिती गठन गरी कार्यक्रम संचालन गरिएको बताए । उनले पालिका , वडा , टोल अनि विद्यालयहरुमा आवश्यकताका आधारमा लैङगीक हिंसा विरुद्धका कार्यक्रम, साइवर क्राइम, मनोपरामर्श, सडक सुरक्षा लगाएत चेतनामूलक विभिन्न कार्यक्रमहरु संचालन गरिएको बताए ।
समुदाय प्रहरी साझेदारी मार्फत जिल्लामा संचालन हुने कार्यक्रम समेत सार्वजनिक गरिएको कार्यक्रमका सहभागिहरुले समुदाय प्रहरी साझेदारी मार्फत संचालन हुने कार्यक्रमहरु आवश्यकताको पहिचान गरेरमात्रै संचालन गर्न सुझाव दिएका छन् । समुदाय प्रहरी साझेदारी कार्यक्रमका सल्लाहाकार एवं जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको अध्यक्षतामा बैठक बसेको हो । मुख्यतः प्रहरी विद्यालय सम्पर्क कार्यक्रम, सामुदायिक सचेतना र अपराध रोकथाम, सूचना सङ्कलन र आदानप्रदान , प्राकृतिक सम्पदाको दोहन नियन्त्रण, वातावरण संरक्षण, विपद् व्यवस्थापन, साइबर अपराध नियन्त्रण, सुरक्षा उपकरण विस्तार, सामाजिक विकृति तथा बेचबिखन नियन्त्रणमा भूमिका खेल्नेगरी नेपाल प्रहरीले प्रहरी साझेदारी कार्यक्रम देशभर संचालन गरिरहेको छ ।
रामेछापमा समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारी बनाउँने बारेमा छलफल
- प्रकाशित मिति: सोमबार, फाल्गुन ५ २०७६
- तामाकोशी