मुख्यमन्त्रीले कार्यालयमै यसरी म दिरा पिएपछि…

  • प्रकाशित मिति: आइतबार, फाल्गुन ४ २०७६
  • तामाकोशी

काठमाडौं, फागुन ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो जन्मदिन भन्दै मुख्यमन्त्री कार्यालयमा नै रक्सीको भोज दिएका छन् । रेडलेबल हुस्कीको चुस्की मुख्यमन्त्री बस्ने टेबलमा नै राखी अन्य कर्मचारीलाई समेत उनले रक्सी दिएका खबर आजको समाचारपत्र दैनिकले छापेको छ।

नेकपाका नेतासमेत रहेका गुरुङले टेबलमा राखिएको हुस्की हेर्दै हाँस्दै गरेको फोटो सार्वजनिक भएको छ । उनको उक्त कार्य मुख्यमन्त्रीको मर्यादाभन्दा बाहिर रहेकाले सर्वत्र विरोध भएको छ। कतिपय आलोचकले उनलाई मुख्यमन्त्रीबाट हटाउन माग गरेका छन् ।