रेडियोलाई साझा सम्पत्ती मनेर सहकार्य गर्ने रामेछापका स्थानीय तहको प्रतिबद्धता

  • प्रकाशित मिति: शुक्रबार, फाल्गुन २ २०७६
  • तामाकोशी

रामेछाप । फागुन २ गते,
रामेछापका स्थानीय तहरुले जिल्लामा रहेका रेडियोहरुसँग सहकार्य गरेर अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन । नवौं रेडियो दिवसका अवसरमा विहिबार सदरमुकाम मन्थलीमा आयोजित स्थानीय तह, सरोकारवाला रेडियोबीचको सहकार्य विषयक अन्तक्रिया कार्यक्रममा स्थानीय तहले यस्तो प्रतिवद्धता जनाएका हुन् । जिल्ला समन्वय समिती रामेछापका प्रमुख प्रेम बहादुर खड्काले जिल्ला भएका रेडियोहरुलाई स्थानीय सरकारले साझा सम्पत्ति मानेर सहयोग र सहकार्य गर्नुपर्नेमा जोड दिए । मन्थली नगरपालिकाका प्रमुख रमेश कुमार बस्नेतले रेडियोको महत्व समाजमा अझै धेरै रहेको बताउँदै आफुहरु निर्वा्चित भएदेखि रेडियोहरुसँग सहकार्य गरेरै अगाडी बढिरहेको बताए । रामेछाप नगरपालिकाका उपप्रमुख सृजना खड्काले स्थानीय तहहरुले गरेका राम्रा नराम्रा सबै कामहरुलाई रेडियोबाट प्रसारण गर्न आग्रह गर्दै सत्य , तथ्य र निश्पक्ष भएर सुचना तथा समाचार प्रसारण गर्न आग्रह गरिन । कार्यक्रममा उपस्थित विभिन्न व्यक्तित्वहरुले सरोकारवालाहरुले आगामी दिनहरुमा रेडियो र स्थानीय सरकारबीच सहकार्य र समन्वय गरेर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको मन्थली नगरपालिका र रामेछाप नगरपालिकाको सहयोगमा, रामेछापका पाँचवटा रेडियोहरुको सह आयोजनक र सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समिति रामेछापले आयोजना गरेको हो । कार्यक्रम जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेमबहादुर खड्काको प्रमुख अतिथ्यता र सामुदायिक रेडियो प्रसारक संघ जिल्ला समन्वय समितिका संयोजक तथा हजुरको रेडियोका प्रवन्धक दिपक घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो ।