रामेछाप । फागुन १ गते,
रामेछापको सदरमुकाम मन्थली नजिकैको भैसेश्वर क्षत्र सरसफाईमा स्थानीयहरु लागेका छन् । भैसेश्वर पुलमुनि अत्याधिक मात्रामा जथाभावी फोहोर फाल्ने कार्यालाई रोक्न वातावरण संरक्षण परियोजना अन्तर्गत गठन भएको भैसेश्वर टोल सुधार समिती लाग्ने भएको हो ।
टोलसुधार समितीका अध्यक्ष भिमसेन थापाको अध्यक्षतामा विहिबार बसेको बैठकले भैसेश्वर टोल वरपरका बोट बिरुवा संरक्षण गर्ने , सार्वजानिक क्षेत्रमा नियमित सरसफाई गर्ने , र प्रत्यक महिनाको दोस्रो शनिवार बिहान टोल तथा सडक सरसफाई गर्ने निर्णय गरेको छ । बैठकले बर्षायममा हिलाम्मे र हिउँदमा धुलाम्मे बनाउँने बाँसघारी खोल्सो र भिमसेन थान खोल्सोलाई नियन्त्रण गर्न मन्थली नगरपालिका र वातावरण संरक्षण परियोजनालाई अनुरोध गर्ने निर्णय पनि गरेको छ । बैठकमा सहभागि भैसेश्वर टोल सुधार समितीका पदाधिकारी तथा टोलका स्थानीयहरु टोल सुधार समितीको बैठकले गरेको निर्णय पुर्ण रुपमा कार्यान्वय गर्न सहमत भएका छन् ।
भैसेश्वर क्षत्र सरसफाईमा जुट्दै टोल सुधार समिती
- प्रकाशित मिति: बिहिबार, फाल्गुन १ २०७६
- तामाकोशी