महेन्द्रनगरको टिप्पर काण्ड सेलाउन नपाउदै कञ्चनपुरमा जेसिबीको ठक्करबाट एक जनाको मृत्यु

  • प्रकाशित मिति: मंगलबार, माघ २८ २०७६
  • तामाकोशी

कञ्चनपुर, २८ माघ । कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नम्बर ५ बनसमिति बजारमा मंगलवार बेलुका जेसिबीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जेसिबीको ठक्करबाट भीमदत्त नगरपालिका स्थित ब्रह्मदेवका गणेश बादीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय झलारीका प्रमुख प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताएका छन् ।

धनगढि बाट महेन्द्र तर्फ जादै गरेको से १ क १९१६ नम्बरको जेसिबीले रोडमा हिनिरहेका बादीलाई ठक्कर दिएको छ ।जेसिबीको ठक्करबाट बादीको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय झलारीले जनाएको छ । घटना पश्चात जेसिबी चालकलाई प्रहरीले नियन्त्रणमा लिई घटना बारे थप कारवाही भई रहेको प्रहरीले बाताएको छ । पश्चिम टुडेबाट साभार