रहस्यमय घटना ! सम्झनाको सव भेटियो उखुबारीमा,कसले गर्यो सम्झनाको हत्या

  • प्रकाशित मिति: शनिबार, माघ २५ २०७६
  • तामाकोशी

२५ माघ । सुनसरीको दुहवी–६ की सम्झना खत्री परियारको शव शुक्रबार बिराटनगर–१२ स्थित उखुबारीमा भेटिएको छ । मंगलबारबाट सम्पर्कमा नरहेकी उनको घाँटी रेटी हत्या गरिएको छ । प्रहरीले हत्या अन्यत्रै गरी उखुबारीमा शव फ्यालिएको प्रारम्भिक अनुसन्धानमा देखिएको जनायो । ३२ वर्षीया सम्झना दुई सन्तानकी आमा हुन् । आफन्तले बिहीबार प्रहरी चौकी निमुवामा निवेदन दिएका थिए ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख विश्व अधिकारीका अनुसार शव भेटिएको ठाउँमा हत्या भएको देखिँदैन । निलो आउटर, हरियो कुर्ता लगाएकी उनको अनुहार सजिएको थियो । आँखामा गाजल, ओठमा लिपिस्टिक लगाएकी उनको शव सलले बरेको अवस्थामा भेटिएको हो ।



मृतकका पति बसन्त परियार इलाममा टेलरिङको काम गर्दै आएका छन् । सम्झना छोरीसँग बस्दै आएकी थिइन् । सम्झनाका छोरी कक्षा ७ र कक्षा १० मा अध्ययनरत छन् । बसन्तका अनुसार मंगलबार दिउँसो टेलिफोन सम्पर्कमा सम्झनाले टाउको दुखेकाले आराम गरी बसेको सुनाएकी थिइन् । घटनाको अनुसन्धानका लागि कुकुरको प्रयोग गरिएको छ । दैनिक नेपालमा लेखिएको छ ।