आलमलाई थुनामै राख्न उच्च अदालतको आदेश

  • प्रकाशित मिति: शुक्रबार, माघ २४ २०७६
  • तामाकोशी

काठमाडौं२४ माघ । व्यक्ति हत्याको अभियोगमा जिल्ला अदालत रौतहटको आदेशमा पूर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताब आलमलाई थुनामै राख्न उच्च अदालत जनकपुरले शुक्रबार आदेश दिएको छ ।

धरौटीमा रिहा गर्नका लागि आलमले उच्च अदालतमा दिएको निवेदनमाथि भएको बहसपछि न्यायाधीशहरू डिल्लिराज आचार्य र सत्यमोहन थारुको संयुक्त इजालासले जिल्ला अदालतको आदेश सदर गरेको हो ।



०६४ को संविधानसभा चुनावका बेला २७ चैतमा व्यक्तिको अपहरण गरी जिउँदै इटा भट्टामा हालेकोविस्फोट गराएकोलगायतका अभियोग आलममाथि छ । जिल्ला अदालतले गएको २९ कात्तिकमा आलमलाई पूर्पक्षमा राख्न आदेश दिएको थियो ।